गृहपृष्ठ नबिल बैंकका पाँच शाखा थपिए

नबिल बैंकका पाँच शाखा थपिए

काठमाडाैं- नबिल बैंकले पाँच नयाँ शाखा थप गरेको छ । बैंकले सम्मरीमाई गाउँपालिका, तिला गाउँपालिका, बराहताल गाउँपालिका, वित्थडचिर गाउँपालिका, र आलिताल गाउँपालिकामा पाँच नयाँ शाखा विस्तार गरेको छ ।
नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको कम्तीमा ‘एक स्थानीय तह नीति एउटा वाणिज्य बैंकको शाखा’ भन्ने भावनाले ती ठाउँमा बैंकले ग्राहक सुविधा उपलब्धताका लागि शाखा सञ्चालनमा ल्याएको हो । व्यावसायिक र प्रभावकारी बैंकिङ सुविधा प्रदान गर्न र समाजका बृहत् एवं छरिएर बसेका समुदायको बैंकिङ आवश्यकता नविनतम रूपले परिपूर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्नेे प्रतिबद्धताअनुरूप बैंकले देशका विभिन्न ठाउँमा आफ्ना शाखा कार्यालयका सञ्जाल विस्तार गर्दै लगिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
बैंकले ६७ वटा शाखाहरूको बृहत् सञ्जाल, १११ वटा एटीएमको विशाल संरचना र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टका साथमा देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्ट मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालासँगै अघि बढ्ने पनि बैंकले जनाएको छ ।

प्रकाशित समय ०९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु