गृहपृष्ठ एन आई सी एसिया क्यापिटलको कार्यशाला

एन आई सी एसिया क्यापिटलको कार्यशाला

काठमाडौं- एन आई सी एसिया क्यापिटलले नेपाल राष्ट्र बैंक बाट इजाजत प्राप्त ‘ग’ वर्गका वित्तीय संस्थालाई लगानी व्यवस्थापन सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
सो कार्यशालामा २० भन्दा बढी संख्यामा ‘ग’ वर्गका वित्तीय संस्थाका वित्त व्यवस्थापन, तथा कोष व्यवस्थापन विभागमा विभिन्न तहमा कार्यरत प्रतिनिधिको सहभागिता रहेको थियो । संस्थागत जोखिम न्यूनिकरण गर्न वित्तीय संस्थाले लगानीमा तय गर्नु पर्ने निश्चित मार्गचित्र, तथा समयसापेक्ष रूपमा लगानीका आधारहरू परिमार्जन गर्ने तरीकाका बारेमा कार्यशाला केन्द्रित रहेको थियो ।
साथै नेपाल धितोपत्र बोर्डद्वारा आयोजित क्यापिटल एक्सपो २०७५ मा सहभागिता जनाएको छ । सो प्रदर्शनीमा राखिएको उक्त क्यापिटलको स्टलमा प्रत्यक्ष अवलोकन गर्न आएका २ हजार ५०० भन्दा बढि सहभागीले एन आई सी एसिया क्यापिटलले प्रदान गर्ने सेवाको जानकारीे लिएको पनि बिज्ञप्तिमा उल्लेख छ ।
लगानीकर्तालाई सवल, सूचित तथा उपयुत्त निर्णय लिन उत्तः क्यापिटलले विभिन्न माध्यमबाट क्षमता अभिवृद्धिको सेवाहरूका साथै निस्शुल्क डिम्याट सेवा समेत प्रदान गर्दै आएको छ ।

प्रकाशित समय ०९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु