गृहपृष्ठ पूर्वीरुकुममा प्रभु बैंकको एटिएम सेवा

पूर्वीरुकुममा प्रभु बैंकको एटिएम सेवा

पूर्वीरुकुममै पहिलोपटक प्रभु बैंकले एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकको शाखाले रुकुमकोटमा एटिएम सेवा सञ्चालनमा ल्याएको हो । एटिएम सेवा सञ्चालनमा आएसँगै स्थानीय नागरिक खुसी भएका छन् ।

आवश्यक परेको खण्डमा जतिखेर पनी एटिएममार्फत पैसा निकाल्न सकिने भएकाले कारोबारमा सहज हुने स्थानीयबासी सुस्मिता कार्कीले बताइन् । बैंकले एटिएम सेवा सञ्चालनमा नल्याउँदासम्म कार्यालय समयमा मात्र सेवाग्राहीलाई सेवा दिने गरेकामा अब भने सेवाग्रहीलाई आवश्यक परेको खण्डमा शनिबारलगायत अन्य जुनसुकै समयमा पनि सेवासुविधा दिने शाखा प्रबन्धक भानु गौतमले बताए ।

२०७३ मंसिर १७ गतेबाट रुकुमकोटमा सेवा सञ्चालन गरेको बैंकले दुई वर्षपछि एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

प्रकाशित समय २१:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु