गृहपृष्ठ एभरेस्ट बैंक र आईएमई इन्स्योरेन्स सम्झौता

एभरेस्ट बैंक र आईएमई इन्स्योरेन्स सम्झौता

काठमाडैं-आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेस्ट बैंक लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आईएमई इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेस्ट बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशवराज पौडेलले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात् बैंकका ग्राहकले मुलुकभर रहेका एभरेस्ट बैंकका शाखामार्फत आईएमई इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, नायब महाप्रबन्धक द्वय राजिव जैन र गिरीश कोहली साथै आईएमई इन्स्योरेन्सका नायब महाप्रबन्धक द्वय शरण रेग्मी र पवन थापाको उपस्थिति रहेको थियो । सो अवसरमा आईएमईका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकसँगको सम्झौताबाट कम्पनीलाई अझै आफ्ना सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए ।

प्रकाशित समय ०९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु