गृहपृष्ठ वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी बनाउन एनबिआई र मुक्तिनाथबीच सम्झौता

वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी बनाउन एनबिआई र मुक्तिनाथबीच सम्झौता

वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन नेसनल बैंकिङ ईन्स्टिच्युट (एनबिआई) र मुक्तिनाथ विकास बैंकबीच सम्झौता भएको छ । उक्त सम्झौतामा एनबिआईका तर्फबाट सहायक महाप्रबन्धक धन थापा र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरे ।

सम्झौतानुसार एनबिआईले वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाबारे मुक्तिनाथ विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीलाई एनबिआई मोबाइल एपबारे जानकारी गराउने र विभिन्न शाखाका आफ्ना ग्राहकलाई वित्तीय रुपमा साक्षर बनाउने काममा भूमिका खेल्ने छ । एपमार्फत महिला समूह, किसान, रेमिट्यान्समा आश्रित परिवार, शिक्षक–शिक्षिका तथा विद्याथीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराइनेछ ।

प्रकाशित समय १३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु