गृहपृष्ठ हिमालमा आरोहीको लर्को

हिमालमा आरोहीको लर्को

अक्सिजन सिलिन्डरमा मापदण्ड

Everest climb_NewsKarobar

यो वर्षको वसन्त ऋतुमा पुनः नेपालका हिमालहरूमा आरोहीहरूको लर्को लागेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सार्वजनिक गरिएको विवरणअनुसार यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि सोमबारसम्म ५८ वटा एस्पिडिसन टिमले अनुमति लिइसकेका छन्, जसमार्फत् ५०६ जना आरोहीहरू हिमाल आरोहणमा जाने छन् ।
सामान्यतः एक्सिपिडिसन टिममा जाने सहयोगी शेर्पाहरूको संख्या पूर्वअनुमतिमा उल्लेख नहुने भएकाले यसको दोब्बर संख्यामा आरोहीहरू हिमाल आरोहणमा जाने देखिन्छ । सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि २६ वटा एस्पिडिसन टिमले अनुमति लिएका छन्, जसमार्फत् २४६ जना आरोहीले सगरमाथा चढ्नेछन् । यस वर्ष चीनले उत्तरी मोहडाबाट आरोहणका लागि सीमा तोकेका कारण नेपालतर्फबाट सगरमाथा चढ्नका लागि थप आरोहीहरूले अनुमति लिने अनुमान पर्वतारोहण महाशाखाका अधिकारीहरूले गरेका छन् ।
सगरमाथापछि ल्होत्से, आमादम्बलम्,कञ्चनगंघा र अन्नपूर्ण फर्स्ट आरोहणका लागि बढी अनुमति जारी भएको छ । आरोहण अनुमतिका लागि सरकारले हालसम्म ३२ करोड ६८ लाख ८७ हजार रुपैयाँ रोयल्टी प्राप्त गरेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

देशगत रूपमा सबैभन्दा धेरै  भारतका ६४, अमेरिकाका ५४,  बेलायतका ३२ र चीनका २५ आरोहीहरूले हालसम्म अनुमति लिएका छन् ।

अक्सिजन सिलिन्डरमा मापदण्ड
यसैबीच, पर्यटन मन्त्रालयले पर्वतारोहणका क्रममा प्रयोग गरिने अक्सिजनका सिलिन्डर ग्याससम्बन्धीमा मापदण्ड तोकेको छ । यसअनुसार अब पर्वतारोहडका क्रममा प्रयोग गरिने अक्सिजनको सिलन्डिर युरोपेली र अमेरिकी मापदण्डबमोजिम हुनुपर्नेछ भने भने १० वर्षभन्दा बढी पुरानो अवधिको अक्सिजन सिलिन्डर लिएर आरोहण गर्न पाइने छैन । यस्तै प्रयोेग गरिएको प्रत्येक सिलिन्डर हरेक २-२ वर्षमा मर्मत गरिएको हुनुपर्ने कडा व्यवस्था गरिएको छ ।
प्रयोगका लागि तयार अक्सिजन सिलिन्डरले कम्तिमा ८–९ घण्टा पुग्ने हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित समय १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु