गृहपृष्ठ एनएमबी बैंकको एफपीओ रोकियो, नागरिक लगानी कोषले ४२५ मा नकिन्ने
एनएमबी बैंकको एफपीओ रोकियो, नागरिक लगानी कोषले ४२५ मा नकिन्ने
काठमाडौं । नागरिक लगानी कोषले प्रतिकित्ता ४२५ रुपैयाँमा एनएमबीकाे एफपीओ नकिन्ने भएपछि एनएमबीको एफपीओ अन्यौलमा परेको छ । बैंकको एफपीओ निष्कासनको जिम्मा नागरिक लगानि कोषले पाएको छ ।
प्रतिकित्ता ४२५ रुपैयाँमा प्रत्याभूति (अण्डरराइटिङ) गर्ने प्रस्ताव लगानी कोष सञ्चालक समितिले अस्वीकृत गरेपछि एफपीओ निष्कासन अन्यौलमा परेको हो ।मौखिख रूपमा बिक्री प्रवन्धक लगानी कोषले प्रतिकित्ता ४२५ रुपैयाँमा लिने सहमति जनाएपछि एनएमबीले सोही दर प्रस्ताव गरेको थियो ।
बैंकको यथास्थिती भन्दा बढी भएको भन्दै कोषको सञ्चालक समितिले अस्वीकार गरेपछि एफपीओको प्रक्रिया रोकिएको कोष स्रोतले बतायो ।
प्रकाशित समय १५:१२ बजे

















