गृहपृष्ठ जापान सरकारले ६८ कराेड आर्थिक सहायता उपलब्ध गराउने

जापान सरकारले ६८ कराेड आर्थिक सहायता उपलब्ध गराउने

Flag-Pins-Japan-Nepal

काठमाडाैं।  नेपालकाे  आर्थिक र सामाजिक विकास लागि जापान सरकारले रु ६८ करोड ३२ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।  आज अर्थ मन्त्रालयमा जापानी राजदूत मासासी ओगवा र अर्थ सचिव डा राजन खनालले सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।  यस प्रकारको आर्थिक सहयोग जापान सरकारले यसअघि पनि उपलब्ध गराउँदै आएको छ ।
कार्यक्रममा बाेल्दै अर्थ सचिवले प्राप्त रकम  संरचना निर्माण र बाढीपहिरो नियन्त्रणमा खर्च गरिने बताए ।  प्राकृतिक विपदमापरेका नेपाली जनताको विकासमा सहायता रकमले मद्दत पुगोस् भन्ने चाहाना रहेको  जापानी राजदूत ओगवा बताए ।

प्रकाशित समय १५:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु