गृहपृष्ठ सनराइज बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा आशा राणा
सनराइज बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा आशा राणा
सनराइज बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी आशा राणा अधिकारीले पाएको छ । प्रमुख कार्यकारी अधिकृतबाट रत्नराज बज्राचार्यले अवकाश पाएपछि राणालाई व्यवस्थापन प्रमुखको जिम्मेवारी दिइएको हो ।
सनराइज बैंकमा स्थापना हुनुभन्दा दुई महिना अघिदेखि नै कार्यरत राणासँग ३० वर्षको बैंकिङ अनुभव छ । सनराइन बैंकमै उनले ११ वर्ष बिताइसकेकी छन् । सहायक महाप्रबन्धकबाट सनराइज बैंक छिरेकी उनलाई जेठ १ गतेबाट लागू हुने गरी कामु प्रमुख कार्यकारीको जिम्मेवारी दिइएको हो ।
राणाले हिमालयन बैंकमा १४ वर्ष काम गरेकी थिइन् भने त्यसअघि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा ६ वर्ष काम गरेको अनुभव उनीसँग छ ।
त्रिभुवन विश्वविद्यालयबाट एमबीए उनी एमबीएकी ‘गोल्ड मेडलिस्ट’ पनि हुन् । उनले महेन्द्र विद्याभुषणबाट समेत पुरस्कृत भएकी छन् ।
प्रकाशित समय १९:०६ बजे

















