गृहपृष्ठ बाल सुधार संघलाई हिमालयन बैंकको सहयोग

बाल सुधार संघलाई हिमालयन बैंकको सहयोग

काठमाडौं– हिमालयन बैंकले बुढानीलकण्ठ नगरपालिकास्थित ‘नेपालमा भएका अनाथ असहाय बाल सुधार संघ’लाई ७५ हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ ।

अनाथ र असहाय बालबालिकालाई राख्दै आएको संघलाई बैंकले दुईतले खाट ५ थान सहयोग गरेको हो । बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त खाटहरु संघका अध्यक्ष प्रकाशकुमार नेपालीलाई हस्तान्तरण गरे ।

बैंकले २५औं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो । बैंकले उक्त संस्थामा आश्रय लिएका बालबालिकाहरुलाई सुत्नका लागि उक्त खाटहरु उपयोगी हुने जनाएको छ ।

प्रकाशित समय ०७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु