गृहपृष्ठ संसद नियमावली परित गराउन प्रधानमन्त्रीको विपक्षीलाई आग्रह

संसद नियमावली परित गराउन प्रधानमन्त्रीको विपक्षीलाई आग्रह

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुलाई संसदीय गतिविधिलाई चुस्त र दुरुस्त बनाउन नियमावली पारित गर्न सहयोग मागेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिपक्ष दलको नेताहरुलाई बोलाएरु बुधबार साँझ छलफल गरेका यनले संसदमा छलफलका लागि प्रवेश नै नपाएको भन्दै नियमावलीलाई जतिसक्दो चाँडो पेश छलफलमा ल्याउन आग्रह गरे ।
छलफलमा संसद नियमावली, संसदीय समिति गठन, संसदको अन्तरिम कार्यविधि, सरकारको नीति तथा कार्यक्रम लगायतका बिषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कांग्रेसको अवरोधका कारण संसद नियमावली पारित हुन सकेको छैन । नियमायवली पारित भएलगत्तै संसदीय समितिहरु गठन गर्नुपर्ने भएकाले त्यस विषयमा पनि छलफल भएको छ ।
छलफलमा प्रधानमन्त्री ओलीले नियमावली बनाउने बिषयमा सहमति गरेर जान प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई आग्रह गरेका छन् । छलफलमा प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिब बिष्णु पौडेल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सहभागी थिए ।
त्यस्तै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, शसांक कोइराला, कृष्ण सिटौला, पूर्ण बहादुर खड्का, बिजय गच्छादार र मिनेन्द्र रिजाल सहभागी थिए ।

प्रकाशित समय ०८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु