गृहपृष्ठ रैराङ हाइड्रोपावरको आइपिओ बाँडफाँट

रैराङ हाइड्रोपावरको आइपिओ बाँडफाँट

IPO newskarobar

काठमाडौं– रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सेयर(आइपिओ) बाँडफाँट भएको छ । ७६ हजार ४ सय ४० जना आवेदकले १० कित्ताका दरले आइपिओ पाएका छन् ।

कम्पनीको आइपिओमा कुल १ लाख ७५ हजार २ सय ७८ जनाको आवेदन स्वीकृत भएको थियो ।

रैराङले बैसाख ३१ गतेदेखि जेठ ३ गतेसम्म कुल ८ लाख ४० हजार कित्ता आइपिओमध्ये ३३ हजार ६ सय कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता ‘म्युचुअल फन्ड’लाई छुट्याएर बाँकी रहेको ७ लाख ६४ हजार ४ सय कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।

कम्पनीले यसअघि पाँचथर र ताप्लेजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयवासीलाई ५ लाख ६० हजार कित्ता आइपिओ बिक्री गरिसकेको छ ।

प्रकाशित समय ०८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु