गृहपृष्ठ ललितपुरको गोदावरीमा सनराइज बैंकको ११०औं शाखा
ललितपुरको गोदावरीमा सनराइज बैंकको ११०औं शाखा
सनराइज बैंकले आइतबार गोदावरीमा ११०औं शाखा विस्तार गरेको छ । नयाँ शाखाको नगरपालिका प्रमुख हरिसिंह सावदले उद्घाटन गरेका छन् ।
बैंकले आइतबार नै पनौती शाखा पनि स्थानान्तरण गरेको छ । शाखाको उद्घाटन पनौतीका नगर प्रमखु भीम न्यौपानेले उद्घाटन गरे । कार्यक्रममा सञ्चालक समितिका सदस्य ओमकृष्ण जोशी र ई. बच्छराज तातेडको पनि उपस्थिति थियो ।
यसैबीच, सनराइज बैंकले शनिबार डडेलधुराको गन्यापधुरामा ३६औं शाखारहित बैंकिङको उद्घाटन गरेको छ । शाखारहित बैंकिङ सेवाको वडा नम्बर ३ का अध्यक्ष चक्रबहादुर देउवाले उद्घाटन गरे ।
प्रकाशित समय १७:०७ बजे

















