गृहपृष्ठ सिटिजन्स बैंकको थहिटी शाखा सुविधा सम्पन्न भवनमा

सिटिजन्स बैंकको थहिटी शाखा सुविधा सम्पन्न भवनमा

Citizens-Bank-newskarobar

सिटिजन्स बैंक इन्टरनेसनलले असार १५ गतेदेखि थहिटी शाखा कार्यालयलाई शिवजी भवनमा स्थानान्तरण गरी बैंकिङ कारोबार सञ्चालन गरेको छ । सुविधा सम्पन्न भवनबाट थप छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

यो शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु–याउने लक्ष्य लिएको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवा छिटोछरितो रूपमा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

प्रकाशित समय १७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु