गृहपृष्ठ एनआईसी एशियाका एकैसाथ तीनवटा शाखारहित बैंकिङ सेवा

एनआईसी एशियाका एकैसाथ तीनवटा शाखारहित बैंकिङ सेवा

NIC-ASIA-branchless-newskarobar

एनआईसी एशिया बैंकले एकसाथ तीनवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले झापाको अर्जुनधारा नगरपालिका–२, खुदनाबारी, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११, मोग्लाह र मोरङको सुनबर्सी नगरपालिका–२, अमरदहमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले सञ्चालनमा ल्याएको खुदुनाबारी शाखारहित बैंकिङ सेवाको अर्जुनधारा नगरपालिका–२ का अध्यक्ष रघुनाथ खनालले उद्घाटन गरे । यसैगरी मोग्लाह शाखारहित बैंकिङ सेवाको उद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिका–५ का अध्यक्ष खुर्सेद आलम र अमरदह शाखारहित बैंकिङ सेवाको सुनबर्सी नगरपालिका–३ का अध्यक्ष टेकबहादुर विष्टले उद्घाटन गरे ।

शाखारहित बैंकिङ सेवाबाट स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सकिनेछ ।

प्रकाशित समय २१:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु