गृहपृष्ठ टोखामा ओम ग्यासको सचेतना कार्यक्रम

टोखामा ओम ग्यासको सचेतना कार्यक्रम

om-gas-newskarobar

‌ओम ग्यासले टोखा नगरपालिकामा सचेतना कार्यक्रम गरेको छ । ग्यासको प्रयोगमा अपनाउनुपर्ने सावधानी तथा ग्यास क्षेत्रकै सुधारका लागि कम्पनीले सचेतना कार्यक्रम गरेको जनाएको छ ।

कार्यक्रममा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले हरेक घरको भान्छामा पुग्ने ग्यासको प्रयोगमा ध्यान दिनुपर्ने बताए । ‘ग्यास प्रयोगमा हरेक उपभोक्ता सचेत बन्नुपर्छ,’ उनले भने, ‘रेगुलेटर र पाइप पनि नेपाल गुणस्तर चिन्ह भएकै प्रयोग गर्दा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ ।’ अधिकारीले ग्यासको सुरक्षित प्रयोगका लागि नगरपालिकामा सचेतना कार्यक्रम गर्ने प्रतिबद्धता पनि जनाए ।

ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष महेश्वर श्रेष्ठले महासंघले डिलर प्रमाणीकरणलाई प्राथमिकतामा राखेको बताए । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर थापाले महासंघले ग्यासको सुरक्षित प्रयोगका लागि विभिन्न नगरपालिकाको सहकार्यमा सचेतना कार्यक्रम गर्दै आएको जानकारी दिए ।

त्यस्तै, ‌ओम ग्यासका अध्यक्ष हरि पाठकले ग्यास क्षेत्रको सुधारका लागि सधैं प्रतिबद्ध रहेको बताए । ‘हामी उद्योगीमात्रै होइनौं, उपभोक्ता पनि हौं,’ उनले भने, ‘हामी पनि यही ग्यास प्रयोग गर्छौं । त्यसैले ग्यास उद्योगको पूर्वाधारदेखि ढुवानीसम्मको सुरक्षामा ध्यान दिइरहेका छौं ।’

प्रकाशित समय १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु