गृहपृष्ठ नेपाल इन्भेस्टमेन्ट बैंक र जेबिल्स फाइनान्सको संयुक्त कारोबार सुरु

नेपाल इन्भेस्टमेन्ट बैंक र जेबिल्स फाइनान्सको संयुक्त कारोबार सुरु

merger-newskarobar

नेपाल इन्भेस्टमेन्ट बैंकले जेबिल्स फाइनान्सको प्राप्तिपछि संयुक्त कारोबार सुरु गरेको छ । सोमबार बैंकले फाइनान्सलाई औपचारिक रूपमा आफूमा गाभेको हो । यससँगै बैंकको चुक्तापुँजी १२ अर्ब ८९ करोड पुगेको छ । हाल बैंकको कुल निक्षेप १४७ अर्ब र कुल कर्जा १३२ अर्ब रुपैयाँ छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकले राजधानीको प्युखा न्युरोडमा ८१औं शाखा स्थापना गरेको छ । शाखा उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले बैंकले आगामी आर्थिक वर्ष पनि मर्जर तथा एक्विजिसन (प्राप्ति)लाई रणनीतिक योजनाको हिस्साका रूपमा अघि बढाउने बताए । बैंकका देशभर ८१ शाखा, ११८ एटीएम, १४ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन केन्द्र र ५१ शाखारहित बैंकिङ काउन्टर छन् ।

प्रकाशित समय १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु