गृहपृष्ठ सिन्धु विकास बैंकको शाखा चितवनको विकास चोकमा
सिन्धु विकास बैंकको शाखा चितवनको विकास चोकमा
सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंक सिन्धु विकास बैंक लिमिटेडले चितवनको विकासचोकमा शाखा विस्तार गरेको छ ।
विकासचोक शाखाको चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गरे । बैंकले निकट भविष्यमा नै चितवन जिल्लाको नारायणगढ, चनौली, लाहुरे चोक र मकवानपुर जिल्लाको हेटौडा बजार लगाएत विभिन्न स्थानहरुमा बैंकको शाखा तथा सिमित बैंकिङ कार्यालय स्थापना गर्ने लक्ष्य लिएको छ । कार्यएक्रममा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी पनि सहभागी थिए ।
प्रकाशित समय ०७:५५ बजे

















