गृहपृष्ठ सानिमा बैंकको एनआरएन मुद्दती खाता सञ्चालनमा
सानिमा बैंकको एनआरएन मुद्दती खाता सञ्चालनमा
सानिमा बैंकले एनआरएन मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।
गैरआवासीय नेपालीलाई उच्च प्रतिफल दिने उद्देश्यले सानिमा एनआरएन मुद्दती खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । गैरआवासीय नेपालीले यो खाता अमेरिकी डलर, पाउण्ड स्टर्लिङ वा यूरो मुद्रामा पनि खोल्न सक्ने बैंकले जनाएको छ । एनआरएन मुद्दती खाता खोल्दा न्यूनतम १०,००० (अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा यूरो) हुनुपर्ने बैंकको प्रावधान छ ।
यो खाता २ वर्ष अवधिको हुने र अवधि समाप्त भए पछि साँवा तथा ब्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा फिर्ता लैजान सक्नेछन् । यो खाता सानिमा बैंकको शाखा वा सानिमा बैंकको वेबसाइटमा लग इन गरि अनलाइनबाटै आवेदन दिन पनि सकिने छ ।
प्रकाशित समय १०:२० बजे

















