गृहपृष्ठ ज्योति विकास बैंकको नयाँ शाखा सिनामंगलमा
ज्योति विकास बैंकको नयाँ शाखा सिनामंगलमा
ज्योति विकास बैंकले काठमाडौंको सिनामंगलमा नयाँ शाखाको शुभारम्भ गरेको छ ।
बैंकिङ पहुँच विस्तार गर्दै नागरिक माझ पुर्याउने उद्देश्यले काठमाण्डौ महानगरपालिका वडा नं ९, सिनामंगलमा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । शाखाको नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री तथा ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
बैंकको शाखा कार्यालय विमानस्थलको प्रंगणमै राखिएको छ ।
प्रकाशित समय १०:४७ बजे

















