गृहपृष्ठ प्रभु बैंकको नयाँ शाखा सुनसरीको बराह क्षेत्रमा
प्रभु बैंकको नयाँ शाखा सुनसरीको बराह क्षेत्रमा
प्रभु बैंक लिमिटेडले सुनसरीको बराहक्षेत्र नगरपालिका कालाबञ्जरमा नयाँ शाखा खोलेको छ ।
१९५औं शाखा कार्यालय कालाबञ्जरको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले उद्घाटन गरे । नगर प्रमुख खनालले प्रभु बैंकले बैंकिङ पहुँच नपुगेका स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणलाई सहजता प्रदान गरेको बताइन् । सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको उनको भनाइ थियो ।
बैंकले अहिले १९५ शाखा, २९ एक्टेन्सन काउण्टर, १९ शाखारहित बैंकिङ तथा १५२ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय १०:३८ बजे

















