गृहपृष्ठ माछापुच्छ्रे बैंकद्वारा अष्ट्रेलियन डलर सटही सेवा सुरु
माछापुच्छ्रे बैंकद्वारा अष्ट्रेलियन डलर सटही सेवा सुरु
माछापुच्छ्रे बैंकले बिहीबारदेखि अष्ट्रेलियन डलरको सटही सेवा सुरु गरेको छ । बजारमा रहेको अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न सटही सेवा सुरु गरिएको बैंकले जनाएको छ ।
बैंकले नेपाल राष्ट्र बैंकले तोेकेबमोजिम पार्सपोर्ट, भिसा र कन्फर्म एयर टिकट लिएर आउने ग्राहकलाई काठमाडौँ उपत्यका भित्रका विभिन्न शाखाबाट सटही सेवा उपलब्ध गराउन सुरु गरेको हो । बैंकका अनुसार माछापुच्छ्रेका लाजिम्पाट, पुतलीसडक, नक्साल, नयाँबानेश्वर, पाटन, चाबहिल, थापाथली, बालुवाटार, चापागाउँ, बौद्ध, भक्तपुर र न्यूरोड शाखामा अष्ट्रेलियन डलर साट्न सकिनेछ ।
विदेश जाने नेपालीहरुले भिसा लागेपछि अधिकतम १५ सय अमेरिकी डलर बराबरको अष्ट्रेलियन डलर साट्न पाउने प्रावधान छ ।
माछापुच्छ्रे बैंकले १ सय ४४ शाखा तथा १ सय ३७ शाखारहित बैकिङ सेवासमेत गरी २ सय ८१ स्थानबाट सुविधा प्रदान गरिरहेको छ । यसैगरी १ सय ७० वटा एटीएममार्फत बैंकले ग्राहकलाई बैंकिङ सेवा दिइरहेको छ ।
प्रकाशित समय १८:३८ बजे

















