गृहपृष्ठ ग्लोबल आइएमई बैंकद्वारा गौतम बुद्ध रंगशालालाई एक करोड रूपैयाँ प्रदान
ग्लोबल आइएमई बैंकद्वारा गौतम बुद्ध रंगशालालाई एक करोड रूपैयाँ प्रदान
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ग्लोबल आइएमई बैंकले एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । रंगशाला निर्माणका लागि सहयोग जुटाउन चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा सोमबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सहयोगको घोषणा गरेका हुन् ।
देशकै गौरवको योजनाको रुपमा रहेको क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न सहयोग गरिएको बैंकले जनाएको छ । भरतपुर महानगरपालिकाको योजना तथा सम्पूर्ण देशवासीको चाहानाअनुसार रंगशाला निर्माण कार्य समयमै सम्पन्न हुने बैंकको विश्वास छ ।
‘राष्ट्रको खेलकुदको विकास तथा क्रिकेटका क्षेत्रमा विगतमा नेपाली खेलाडीहरुले गरेको प्रगतिलाई थप उर्जा प्रदान गर्दै खेलकुदमार्फत समग्र राष्ट्रलाई एकजुट बनाउने महानगरपालिकाको अभियानमा सहयोग गर्न पाउँदा हामी अत्यन्तै खुशी छाैँ,’ बैंकले भनेको छ ।
प्रकाशित समय १४:३१ बजे

















