गृहपृष्ठ दराज अनलाइनमार्फत सामान खरिद गर्दा एनआइसी बैंकका ग्राहकलाई छुट

दराज अनलाइनमार्फत सामान खरिद गर्दा एनआइसी बैंकका ग्राहकलाई छुट

Daraz-bigmart disocunt

एनआइसी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई दराज अनलाइनमा रहेको बिग मार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५०० सम्म छुट हुने गरी बैंक र दराजबीच समझदारी भएको छ ।

यो योजनामा सहभागी हुन चाहने एनआइसीका ग्राहकहरूले चैत्र १८ गते देखि चैत्र २६ गतेसम्म daraz.com.np मा गई बीग मार्टका सामानहरू अनलाइन खरिद गर्नुपर्ने हुन्छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले भीडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ माध्यमहरू प्रयोग गरी ग्राहकहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहनस्वरुप बैंकले यस्तो योजना ल्याएको हो ।

यस विपतको घडीमा बैंकले आफ्ना ग्राहकहरुमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरु स्थापना गरी २४सैं घण्टा आवश्यक बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने विद्युतीय माध्यमबाट बैंकिङ आवश्यकताहरु पूरा गर्न उत्प्रेरित गर्दछ । जसकारण अनावश्यक भीडभाड तथा नगद कारोबारबाट ग्राहकहरुलाई टाढै राखी कोरोना भाइरस संक्रमण रोकथाम गर्न मद्दत पुग्नेछ ।

हालसम्म बैंकले २५ वटा भन्दा बढी शाखाहरुमार्फत दैनिक निश्चित समयको लागि सेवा सुचारु गरेको छ भने ‘कोरोनासँगको लडाई, बैंकिङ गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बिमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क रुपमा मोबाइल तथा ईन्टरनेट बैंकिङ जस्ता विद्युतीय माध्यमबाट घरबाटै बसेर निःशुल्क रुपमा गर्न सक्ने व्यवस्था समेत बैंकले गरिसकेको छ ।

उक्त सेवाहरुका साथै ग्राहकहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । कुनै सेवा लिएवापत तथा सामान खरिद गर्दा क्यूआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सकिन्छ । यसका साथै, मोबाइल बैंकिङ र डेबिट कार्ड प्रयोग गरी २,२०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्डवाहकले एनआइसी एशिया बैंकका ४५० भन्दा धेरै एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्डवाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटीएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।

यस विषम परिस्थितिमा ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवासम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४सैं घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०-०१-७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

प्रकाशित समय १५:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु