गृहपृष्ठ एनआईसी एशिया बैंकको सुविधा : लकडाउनमा पनि विदेशबाट पैसा पठाउन सकिने
एनआईसी एशिया बैंकको सुविधा : लकडाउनमा पनि विदेशबाट पैसा पठाउन सकिने
वर्ल्ड रेमिटर अर्बिट रेमिटमार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशबाट अब विनाझन्झट घरमै बसेर एनआईसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सकिने भएको छ ।
विश्वभरी नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट कैयौँ सहरहरू लकडाउनको अवस्थामा रहको बेला एनआईसी एशिया बैंकले यस्तो सेवाका लागि वर्ल्ड रेमिट र अर्बिट रेमिटसँग सहकार्य गरेको छ ।
यस सुविधाबाट ग्राहकहरूले लकडाउनको समयमा घरमै बसी-बसी रेमिट्यान्स सुरक्षित गर्न सक्नेछन् । यस योजनाले लकडाउनको समयमा विदेशमा रहेका नेपालीहरूले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै आफ्ना परिवारजन तथा आफन्तहरूलाई तुरून्त रकम पठाउन सहज हुने बैंकले विश्वास लिएको छ ।
विदेशबाट रकम पठाउनका लागि निम्न बमोजिमको तरिका अपनाउनु पर्नेछ ।
वर्ल्ड रेमिटबाट पठाउन
१. https://www.worldremit.com/en/Nepal मा Log in गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सकिनेछ ।
२. https://youtu.be/-l37jdXu4yI मार्फत ग्राहकवर्गले वल्र्ड रेमिटबाट रकम पठाउने आवश्यक जानकारीसमेत लिन सकिनेछ ।
३. यसको साथै ttps://www.worldremit.com/en/stories/story/2020/04/01/sending-receiving-money-covid-19 मार्फत ग्राहकहरूले थप जानकारी लिन सक्नेछन् ।
४. वर्ल्ड रेमिटबाट रकम पठाउदा नयाँ ग्राहकहरूले पहिलो ३ वटा ट्रान्सफर निःशुल्क पठाउन सक्नेछन् भने त्यसको लागि घँच्भ्भ् प्रोमो कोड प्रयोग गनुपर्नेछ ।
अर्बिटबाट रकम पठाउन
१. https://www.orbitremit.com/nepal मा Log in गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सकिनेछ ।
२. रकम पठाउदा कुनै समस्या भएमा अर्बिट रेमिटको रकम पठाउने वेबसाइटमा रहेको च्याट सुविधामार्फत पनि आवश्यक जानकारी लिन सकिनेछ ।
३. अर्बिट रेमिटबाट रकम पठाउदा नयाँ ग्राहकहरूले पहिलो ट्रान्सफर निशुल्क रुपमा पठाउन सक्नुहुनेछ । निशुल्क रकम पठाउनको लागि पठाउदा FREE2NPR प्रोमो कोड प्रयोग गर्नुपर्ने हुन्छ ।
प्रकाशित समय १७:३६ बजे

















