गृहपृष्ठ एनआईसी एशिया बैंकका ग्राहकलाई विभिन्न अनलाइनमार्फत सामान किन्दा छुट
एनआईसी एशिया बैंकका ग्राहकलाई विभिन्न अनलाइनमार्फत सामान किन्दा छुट
एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्म छुट हुने भएको छ ।
दराज अनलाईनमा रहेको बिग मार्टका साथै सेल्सवेरी, मेरोकिराना तथा सेन्ट्रलबजारमार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिदमा सो छुट सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यसका लागि बैंक र उक्त चारवटा अनलाईन डेलिभरीका माध्यमहरूबीच समझदारी भएको छ ।
समझदारीअनुसार बैंकको मोबाइल बैंकिङ तथा डेबिटरक्रेडिट कार्ड प्रयोग गरी रकम भुक्तानी गर्दा ग्राहकहरूले उक्त मात्रामा छुट प्राप्त गर्न सक्नेछन् । लकडाउनको समयमा ग्राहकहरूलाई घरमै बसी उपभोग्य सामग्रीहरू प्राप्त होस् भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्नेसमेत बनाएको छ ।
साथै यस बैैकका ग्राहकहरूले मोबाइल बैंकिङ तथा कार्ड प्रयोग गरी नेपालभरका २५ सय वटाभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले भीडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ माध्यमहरू प्रयोग गरी ग्राहक महानुभावहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहनस्वरूप यस्तो योजना ल्याएको बैंकले उल्लेख गरेको छ ।
प्रकाशित समय २१:५८ बजे

















