गृहपृष्ठ एनआईसी एशिया बैंकका ऋणीलाई भारी सहुलियत

एनआईसी एशिया बैंकका ऋणीलाई भारी सहुलियत

nic-asia-bank-newskarobar

कोरोनाभाइरस संक्रमणका कारण समस्यामा परेका ऋणीहरुलाई मध्यनजर गर्दै एनआइसी एशिया बैंकले ब्याजमा सहुलियत योजना अघि सारेको छ । बैंकले कर्जा लिएका सबै ग्राहकले वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याजलगायत तिर्न बाँकी बक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत र जरिवाना ब्याजको शतप्रतिशत छुट प्रदान गर्ने भएको हो ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जालगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जामा लागू हुने बैंकले जनाएको छ । ‘उक्त छुट रकम २०७७ जेठको पहिलो साताभित्र सम्बन्धित ग्राहकको खातामा जम्मा गरिनेछ,’ बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘तर यसरी ब्याज छुट दिँदा छुटपश्चात ग्राहक महानुभावले तिर्नुपर्ने ब्याज आधार दरबाट गणना हुने ब्याजभन्दा कम हुने छैन ।’

बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार २०७६ चैत मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा १० प्रतिशत ब्याज छुट गरिसकेको जनाएको छ ।

प्रकाशित समय १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु