गृहपृष्ठ सातै प्रदेश सरकारलाई एनआईसी एशिया बैंकको सहयोग
सातै प्रदेश सरकारलाई एनआईसी एशिया बैंकको सहयोग
एनआईसी एशिया बैंकले सातै प्रदेश सरकारलाई आर्थिक सहयोग गरेको छ । बैंकले कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५/१५ लाख गरी १ करोड ५ लाख सहयोग गरेको हो ।
बैंकले सामाजिक उत्तरदायित्वअन्र्तगत सो रकम सहयोग गरेको जनाएको छ । सहयोग रकममा बैंकको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट ५ लाख समावेश गरी प्रत्येक प्रदेश सरकारलाई सहयोग गरिएको हो ।
कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले पूर्णरूपमा आवतजावतमा प्रतिबन्ध लगाउँदै लकडाउन घोषणा गरेको वर्तमान अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटनलगायत क्षेत्र प्रभावित भइरहेका बेला सहयोग प्रदान गरिएको बैकले जनाएको छ ।
एनआईसी एशियाले लकडाउनका बेला विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई देशका प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा ४५ लाख ६८ हजार रुपैयाँबराबरको चामल, तेल, नुन, दाललगायतका खाद्यान्न सामग्री पनि प्रदान गरिसकेको छ ।
प्रकाशित समय १९:४९ बजे

















