गृहपृष्ठ फेसबुकबाटै एनएमबी बैंकमा खाता खोल्न सकिने
फेसबुकबाटै एनएमबी बैंकमा खाता खोल्न सकिने
एनएमबी बैंकले फेसबुकको म्यासेन्जरबाटै मुद्दती निक्षेप खाता खोल्ने र नवीकरण गर्न सकिने सेवा सुरु गरेको छ । वर्तमान प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै बैंकले फेसबुकबाट खाता खोल्न सकिने सुविधा सुरु गरेको हो ।
डिजिटल बैंकिङ सेवाको दायरा फराकिलो पार्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको जारी विज्ञप्तिमा उल्लेख छ । घरबाटै आरामपूर्वक बैंकिङ गतिविधि रोज्न सक्ने उपयुक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख रहेको बैंकले जनाएको छ ।
‘ग्राहकलाई बैंकिङ अनुभव परिष्कृत भएको महसुस गर्न फेसबुक म्यासेन्जरकै प्रयोगले मुद्दती निक्षेप खाता खोल्ने नवीनतम र सुविधाजनक सेवा सुरु गरेका हौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकलाई वित्तीय कारोबार सम्पादनमा गर्न सहयोग पुर्याउनु हो ।’
प्रकाशित समय १८:४९ बजे

















