गृहपृष्ठ लक्ष्मी बैंकको पाँचौँ एक्सटेन्सन काउन्टर राजविराज जिल्ला अदालतमा

लक्ष्मी बैंकको पाँचौँ एक्सटेन्सन काउन्टर राजविराज जिल्ला अदालतमा

लक्ष्मी बैंकले पाँचौँ एक्सटेन्सन काउन्टर राजविराज जिल्ला अदालतमा स्थापना गरेको छ । एक्सटेन्सन काउन्टरबाट बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु–याउने लक्ष्य लिएको जनाएको छ ।

यससँगै देशभर लक्ष्मी बैंकका ४८ जिल्लामा १२१ शाखा, ५ एक्सटेन्सन काउन्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २ हजार ५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट र ६१ शाखारहित बैंकिङ एजेन्ट छन् ।

प्रकाशित समय २२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु