गृहपृष्ठ ईजीलिंक रेमिटेन्स नेपाल क्लियरिङ हाउसमा आवद्ध

ईजीलिंक रेमिटेन्स नेपाल क्लियरिङ हाउसमा आवद्ध

नेशनल पेमेन्ट्स इन्टरफेस (NPI)को प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन ईजीलिंक रेमिटेन्स प्रालि अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ हाउसमा आवद्ध भएको छ ।

यो व्यवस्थासँगै ईजीलिंक रेमिटेन्सका भुक्तानीका कारोबारहरु connectIPS e-Payment प्रणालीमार्फत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिन्छ भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली NCHL-IPS मार्फत तोकिएको समय सीमामा समेत भुक्तानी कारोबारहरु गर्न सकिनेछ । यस साझेदारीले बैंक खातामा आधारित रेमिटेन्सको लागि सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउने ईजीलिंकको अपेक्षा छ ।

विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको NPI मार्फत हाल उपलब्ध connectIPS / NCHL-IPS को सञ्जालमा क्रमश ५२ र ६३ सदस्य बैंक तथा वित्तिय संस्थाहरु आवद्ध छन् । एनसीएचएलले NCHL-ECC, NCHL-IPS, connectIPS e-Payment, connectRTGS / NPI प्रणालीहरु सञ्चालन गर्दै आएको छ । साथै यसले आफ्ना भुक्तानी प्रणालीहरुमा विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पीएसपी/पीएसओ , सरकारी तथा अर्ध-सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट-प्राविधिक सदस्यका रुपमा आवद्ध गराई सेवा प्रदान गर्दै आएको छ । यसमा हाल आईएमई लिमिटेड, सिटी एक्सप्रेस मनि ट्रान्सफर, जीएमई रेमिट, भाटभटेनी रेमिट, क्याशवे मनि ट्रान्सफर, आईपे रेमिट र ललित मनि ट्रान्सफर गरी ७ भन्दा बढी रेमिटेन्स कम्पनी समावेश छन् । अन्य ३४ गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आवद्ध छन् । जसमा पीएसपी/पीएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्केन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु रहेका छन् ।

ईजीलिंक रेमिटेन्स प्रालि सन् १९९९ मा स्थापना भएको रेमिटेन्स कम्पनी हो । यसले सुरक्षित, छिटो र भरपर्दो माध्यमबाट विदेशबाट नेपालमा रेमिटेन्स पठाउन योगदान पुर्‍याउँदै आइरहेको छ । यसले उचित शुल्कमा गुणस्तरीय रेमिटेन्स सेवा पुर्‍याउने उद्देश्यका साथ नेपालभित्र र बाहिर विभिन्न साझेदारी गर्दै आएको छ ।

प्रकाशित समय १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु