गृहपृष्ठ नबिल बैंकबाट ७.९९ प्रतिशत ब्याजमै घर कर्जा

नबिल बैंकबाट ७.९९ प्रतिशत ब्याजमै घर कर्जा

nabil bank

नबिल बैंकले ३६‌औं वार्षिकोत्सवको अवसर पारेर घर, धितो, व्यक्तिगत ओभरड्राफ्ट र साना तथा मझौला कर्जामा नयाँ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा र व्यक्तिगत ओभरड्राफ्ट) का साथै साना तथा मझौला व्यवसाय कर्जा (एसएमइ)मा विशेष ब्याज छुट दिने जनाएको छ ।

बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा र साना तथा मझौला कर्जा दिने तथा ८.४९ प्रतिशत ब्याजदरमा धितो कर्जा र व्यक्तिगत ओभरड्राफ्ट दिने विज्ञप्तिमा उल्लेख छ । बैंकका सबै शाखाबाट यो सुविधा लिन सकिनेछ ।

नबिल बैंकका ११८ शाखा, १७५ एटिएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्ट छन् ।

प्रकाशित समय १९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु