गृहपृष्ठ प्रभु म्यानेजमेन्ट र सगुनबीच सम्झौता
प्रभु म्यानेजमेन्ट र सगुनबीच सम्झौता
सामाजिक सञ्जालको दायरा बढाउने उद्देश्यले सोसल मिडिया एप सगुन र प्रभु म्यानेजमेन्टबीच सम्झौता भएको छ । सामाजिक सञ्जाललाई मनोरञ्जनका लागि मात्रै भन्दा पनि प्रयोगकर्तालाई ज्ञान र आम्दानीसँग जोड्ने उद्देश्यले समझदारी गरिएको कम्पनीले जनाएक छ ।
हालसम्म प्रयोगकर्ताले सगुनमार्फत एनसेल, स्मार्ट सेल र एनटिसीको रिचार्ज कार्ड सित्तैमा प्रयोग गर्न सक्छन् । सम्झौतासँगै आगामी दिनमा बिजुली, पानी, इन्टरनेट र टिभीको बिल तिर्ने तथा पैसा पठाउन/पाउन, बैंकमा जम्मा गर्नलगायतका प्रभु म्यानेजमेन्टका सेवा सुविधा पनि लिन सक्नेछन् ।
सगुन नेपालका कन्ट्री म्यानेजर आनन्द बज्रचार्यले प्रभु म्यानेजमेन्टले नेपालीलाई वर्षौंदेखि दिइरहेको सेवा सुविधाबारे परिचित भएकाले साझेदारी गरेको बताए । प्रभु म्यानेजमेन्टकी कार्यकारी अध्यक्ष कुसुम लामाले सगुनको वृद्धिका लागि पूर्ण योगदान दिने बताइन् ।
सोसल मिडिया एप सगुन अमेरिका, नेपाल र भारतमा दर्ता भएर सञ्चालनमा आइरहेको छ । हालसम्म सगुनका ५७ लाख प्रयोगकर्ता रहेको बज्रचार्यले जानकारी दिए ।
प्रकाशित समय १९:२४ बजे

















