गृहपृष्ठ फर्स्ट माइक्रोफाइनान्सको कामु प्रमुख कार्यकारी अधिकृतमा दानराज पन्त

फर्स्ट माइक्रोफाइनान्सको कामु प्रमुख कार्यकारी अधिकृतमा दानराज पन्त

दानराज पन्त फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको कामु प्रमुख कार्यकारी अधिृकत (सिइओ) नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीको कार्यावधि सकिएपछि पन्तलाई कामुको जिम्मेवारी दिइएको हो ।

पन्त लघुवित्त क्षेत्रमा करिब डेढ दशकदेखि क्रियाशील छन् । संस्थाले पाँच अर्ब २३ करोड ऋण सापटी लिएर पाँच अर्ब ६० करोड थोक कर्जा प्रवाह गरेको जनाएको छ । फर्स्ट माइक्रोफाइनान्सको चुक्ता पुँजी ८० करोड छ।

अर्थशास्त्रमा स्नतकोत्तर गरेका पन्तले छिमेक लघुवित्तबाट करियर सुरु गरेका हुन् । मुक्तिनाथ विकास बैंकमा प्रबन्धक पदमा उनले तीन वर्ष लघुवित्त विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित समय १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु