गृहपृष्ठ पहिरोपीडितलाई नेपाल इन्भेस्टमेन्ट बैंकको सहयोग

पहिरोपीडितलाई नेपाल इन्भेस्टमेन्ट बैंकको सहयोग

नेपाल इन्भेस्टमेन्ट बैंक लि. (एनआईबीएल) ले भारी वर्षाका कारण म्याग्दीमा लगातार गइरहेको पहिरोबाट पीडित बनेका नागरिकलाई सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बैंकका गण्डकी प्रदेशका प्रबन्धक बिभु श्रेष्ठ र पोखरा शाखा प्रबन्धक धीरज थापाले जिल्ला समन्वय समितिका व्यवस्थापक देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई २० वटा पाल (टेन्ट) र १०० वटा कम्बल प्रदान गरेका हुन् ।

बैंकले उपलब्ध गराएका पालहरूमा एउटा पालमा १० जनासम्मले आश्रय लिन सक्छन् । पहिरोका कारण विस्थापित हुनेको संख्या सयौं पुगेसँगै बैंकले पुनर्निर्माण र राहत कार्यमा सहयोगको हात बढाएको जनाएको छ ।

प्रकाशित समय २०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु