गृहपृष्ठ एभरेष्ट बैंकद्वारा आँखा अस्पताललाई १० लाख बराबरको मेसिन हस्तान्तरण
एभरेष्ट बैंकद्वारा आँखा अस्पताललाई १० लाख बराबरको मेसिन हस्तान्तरण
एभरेष्ट बैंकले श्री रण अम्बिका शाह आँखा अस्पताल तथा रिसर्च सेन्टरलाई अटोरेफ्रेक्तोर मिटर र केरातोमिटर नामक उपकरण हस्तान्तरण गरेको छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानअन्तर्गतको रिसर्च सेन्टरलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख १५ हजार मूल्यबराबरको उपकरण हस्तान्तरण गरेको हो ।
दृष्टिदोष पत्ता लगाइसकेपछि प्रयोग हुने चस्माको पावर जाँचका लागि उक्त मेसिन प्रयोग हुने अस्पतालले जनाएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागरप्रताप राणालाई बैंकका प्रदेश ५ प्रमुख विष्णुप्रसाद ज्ञवालीले उपकरण हस्तान्तरण गरेका छन् ।
प्रकाशित समय १०:५१ बजे

















