गृहपृष्ठ सञ्चय कोषको ऋण अनलाइनबाटै तिर्न सकिने

सञ्चय कोषको ऋण अनलाइनबाटै तिर्न सकिने

कर्मचारी सञ्चय कोषबाट लिएको कर्जा अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । कोषले प्रदान गर्ने गरेको सरल चक्र, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटीलगायतका कर्जाको भुक्तानी ‘कनेक्ट आईपीएस ई पेमेन्ट’ प्रणालीमार्फत गर्ने व्यवस्था मिलाएको हो । कर्जा भुक्तानी हिमालयन बैंक, माछापुच्छ्रे बैंक र एनआईसी एशिया बैंकमा रहेको कोषको खातामा हुनेछ ।

यससँगै कनेक्ट आईपीएसमा आबद्ध ५५ वटा वित्तीय संस्थाबाट कोषको कर्जा भुक्तानी गर्न सकिने भएको छ । ऋणीले कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खाता लिन्क तथा भेरिफाइ गराई सजिलै भुक्तानी गर्न सक्नेछन् ।

कर्मचारी सञ्चय कोष र नेपाल क्लियरिङ हाउसबीच गत वर्ष नेसनल पेमेन्ट्स इन्टरफेस(एनपिआई) को प्रयोग गरी बैंक खातामा आधारित डिजिटल भुक्तानी कारोबार गर्नेसम्बन्धी सम्झौता भएको थियो ।

प्रकाशित समय ११:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु