गृहपृष्ठ नेपाल इन्स्योरेन्सद्वारा १२ घण्टामै दाबी भुक्तानी

नेपाल इन्स्योरेन्सद्वारा १२ घण्टामै दाबी भुक्तानी

नेपाल इन्स्योरेन्सले कोभिड‑१९ संक्रमित एक व्यक्तिलाई संक्रमण पुष्टि भएको १२ घण्टामै दाबी भुक्तानी गरेको छ । नेपालको पहिलो बिमा कम्पनी नेपाल इन्स्योरेन्सले नेपाल बैंक सुर्खेतका एक कर्मचारीलाई कोभिड‑१९ पुष्टि भएको १२ घण्टाभित्रै दाबी भुक्तानी गरेको हो ।

नेपाल बैंकका आधिकारिक व्यक्तिलाई कोरोना बिमा रकम औपचारिक रुपमा हस्तान्तरण गरिएको नायब महाप्रबन्धक विक्रान्त पाण्डेले जानकारी दिए । नेपाल इन्स्योरेन्सले कोभिड १९ को पहिलो दाबी भुक्तानी गरेको हो ।

प्रकाशित समय १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु