गृहपृष्ठ रिलायन्स लाइफ इन्स्योरेन्सको जीवन बिमा कोष र बिमा शुल्क आर्जन १ अर्बमाथि

रिलायन्स लाइफ इन्स्योरेन्सको जीवन बिमा कोष र बिमा शुल्क आर्जन १ अर्बमाथि

रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा १ अर्बभन्दा बढी जीवन बिमा कोष र बिमा शुल्क आर्जन गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरणअनुसार १ अर्ब ४१ करोड कुल बिमा शुल्क आर्जन गर्दा १ अर्ब ३६ करोड खुद बिमा शुल्क आर्जन गरेको छ । कुल बिमा शुल्क आर्जन रकम गत वर्षको तुलनामा ८८ प्रतिशत र खुद बिमा शुल्क आर्जन ८७ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै आधारभूत रुपमा कम्पनी बलियो हुँदै गएको वित्तीय विवरणले देखाएको छ । १ अर्ब ४७ करोड चुक्ता पुँजी भएको रिलायन्स लाइफको जगेडा कोषमा १४ करोड ३२ लाखभन्दा बढी रकम सञ्चित छ। कम्पनीको जीवन बिमा कोष १५९ प्रतिशतले बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको खुद नाफा ४८ प्रतिशतले बढेर ४ करोड ३३ लाख रुपैयाँ पुगेको छ।  कम्पनीले शतप्रतिशत दाबी भुक्तानी गरेको वित्तीय विवरणमा उल्लेख छ । रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पनि पाइसकेको छ ।

प्रकाशित समय १३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु