गृहपृष्ठ सरकारलाई नेपाल बैंकको ३ करोड ४६ लाख रुपैयाँ सहयोग

सरकारलाई नेपाल बैंकको ३ करोड ४६ लाख रुपैयाँ सहयोग

नेपाल बैंकले सरकारलाई ३ करोड ४६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सो रकम जम्मा गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले अर्थमन्त्री डा. युवराज खतिवडालाई मंगलबार सो रकमको चेक हस्तान्तरण गरेका छन् । कोरोनाभाइरसका कारणबाट सिर्जना हुनसक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तथा मौद्रिक नीतिमा भएको व्यवस्था तथा नेपाल राष्ट्र बैंकबाट भएको निर्देशनअनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सरकारलाई हस्तान्तरण गरेको जनाएको छ ।

चेक हस्तान्तरण गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष अधिकारीले सरकारले चालेका कदममा बैंकको सदैव साथ रहने बताए । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले मौद्रिक नीति र नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै बैंकको वित्तीय अवस्थामा थप सुधार ल्याउन बैंक व्यवस्थापन प्रतिबद्ध रहेको बताए ।

बैंकले हालसम्म संघीय सरकारको कोषमा ४ करोड ४६ लाख रुपैयाँ र प्रदेश सरकारलाई ५ लाख रुपैयाँका दरले ३५ लाख गरी कुल ४ करोड ८१ लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रकाशित समय ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु