गृहपृष्ठ एभरेष्ट बैंकको नाफा २ अर्ब ४९ करोड
एभरेष्ट बैंकको नाफा २ अर्ब ४९ करोड
एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७६/०७७ मा २ अर्ब ४९ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो वर्ष २०७५/७६ को तुलनामा १८.२६ प्रतिशतले कम हो ।
अघिल्लो वर्ष बैंकको नाफा ३ अर्ब ५ करोड थियो । बैंकको असार मसान्तसम्मको निक्षेप १ खर्ब ४३ अर्ब रुपैयाँ छ भने १ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको असार मसान्तमा बैंकको निक्षेप १ खर्ब २९ अर्ब थियो भने बैंकले १ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ६७ करोड रूपैयाँ छ । गत वर्षको नाफाको आधारमा बैंकले सेयरधनीलाई दिन सक्ने लाभांश क्षमता करिब २० प्रतिशत छ । यस्तै, एभरेस्ट बैंकको कर्जा‑निक्षेप अनुपात ६८.५७ प्रतिशत, बेसरेट ८.०५ प्रतिशत र स्प्रेड दर ३.५९ प्रतिशत छ । चुक्ता पुँजी ८ अर्ब ५१ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८ अर्ब १४ करोड रुपैयाँ छ ।
प्रकाशित समय २१:०९ बजे

















