गृहपृष्ठ ज्योति लाइफ इन्स्योरेन्सलाई यूआरएसबाट आईएसओ प्रमाणपत्र
ज्योति लाइफ इन्स्योरेन्सलाई यूआरएसबाट आईएसओ प्रमाणपत्र
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले युनाइटेड रजिस्ट्रार अफ सिस्टम (यूआरएस)बाट आईएसओ ९००१:२०१५ प्रमाणपत्र पाएको छ । आईएसओले हालै कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा निरीक्षण सम्पन्न गरी प्रमाणपत्र प्रदान गरेको हो ।
कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र कम्पनीले ग्राहकमा पु‑याउँदै आएको सेवा सुविधाको आधारमा गुणस्तर मापन गरिएको थियो । ज्योति लाइफले २०२० अगस्ट ५ मा आधिकारिक गुणस्तर चिह्न प्रमाणपत्र प्राप्त गरेको थियो ।
ज्योति लाइफले स्थापना कालदेखि नै प्रविधिमैत्री सेवा प्रवाह गर्दै आएको र गुणस्तर प्रमाण चिह्न प्राप्त गरेपश्चात कार्यविधि र प्रविधि संरचानामा थप सुधार गर्दै लैजाने प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले बताए ।
प्रकाशित समय ०९:२३ बजे

















