गृहपृष्ठ प्रिमियर इन्स्योरेन्सको नाफामा ४५ प्रतिशतको वृद्धि
प्रिमियर इन्स्योरेन्सको नाफामा ४५ प्रतिशतको वृद्धि
कोरोनाको प्रतिकूल अवस्थाका बीच प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले गत आर्थिक वर्षको चौथो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत वर्षमा ४५.६९ प्रतिशत नाफा आर्जन गरेको विवरण सार्वजनिक गरेको हो । कम्पनीले कोरोना महामारीका बीचमा ११ करोडभन्दा बढी नाफा बढाएको छ ।
अघिल्लो वर्ष कम्पनीले २४ करोड ५६ लाख २३ हजार रुपैयाँ नाफा गरेकोमा गत आवमा ३५ करोड ७८ लाख ७० हजार रुपैयाँ नाफा गरेको हो । कम्पनीको दाबी भुक्तानी घटेको छ । अघिल्लो वर्ष ४८ करोड ९० लाख ५२ हजार रुपैयाँ दाबी भुक्तानी गरेकोमा गत वर्ष ६ करोडले घटेर ४२ करोड ५९ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ ।
कम्पनीको व्यवस्थापन खर्च सामान्य मात्र बढेको छ । अघिल्लो वर्ष २५ करोड १२ लाख ९७ हजार व्यवस्थापन खर्च गरेको कम्पनीले गत वर्ष २५ करोड ७३ लाख १३ हजार रुपैयाँ खर्च गरेको छ ।
कम्पनीको भुक्तानी हुन बाँकी दाबी भुक्तानी दुई अर्ब ३१ करोड २२ लाख १३ हजार रुपैयाँ छ । कम्पनीले बिमा कोष, जगेडा कोष र महाविपत्ति कोषमा गरी एक अर्ब ६ करोड तीन लाख ४७ हजार रुपैयाँ जम्मा गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३२.९३ रुपैयाँ छ ।
प्रकाशित समय ०९:३४ बजे

















