गृहपृष्ठ सेल्सबेरी डिपार्टमेन्टमा सेलपेबाट प‌ैसा तिर्दा १५ प्रतिशत छुट

सेल्सबेरी डिपार्टमेन्टमा सेलपेबाट प‌ैसा तिर्दा १५ प्रतिशत छुट

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रालिको सेलपे सेवाले सेल्सबेरी डिपार्टमेन्ट स्टोरसँग ग्राहकको सुविधालाई ध्यानमा राखी ‘सेलपे सेल्सबेरी’ अफर ल्याएको छ । सेल्सबेरी डिपार्टमेन्टमा सामान खरिद गर्दा १५ प्रतिशत छुट पाइने यो अफर कात्तिक ३० गतेसम्म लागू हुने कम्पनी जनाएको छ ।

अफरअन्तर्गत ग्राहकले सेल्सबेरी डिपार्टमेन्ट स्टोरको २३ टटा आउटलेटमा कुनै पनि सामान खरिद गरी सेलपेबाट स्क्यान एन्ड पेमार्फत भुक्तानी गर्दा ५०० रुपैयाँसम्म नगद छुट पाउनेछन् ।

सेलपे सेल्सबेरी अफरमा सहभागी भई डिस्काउन्ट पाउनको लागि सेल्सबेरीबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुपर्छ । सेलपे एप्पमा रहेको पे मर्चेन्ट गरी काउन्टरमा रहेको स्क्रिनमा देखाएको क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिनेछ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने द्रुत, सरल तथा सुरक्षित सेवा हो ।

प्रकाशित समय १३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु