गृहपृष्ठ नबिल बैंकका ऋणीलाई ०.२५ प्रतिशत ब्याज छुट

नबिल बैंकका ऋणीलाई ०.२५ प्रतिशत ब्याज छुट

nabil bank

नबिल बैंकले सबै ऋणीलाई ०.२५ प्रतिशत छुट दिएको छ । कोरोनाभाइरस (कोभिड १९) महामारीबाट ऋणी समस्यामा परेको भन्दै बैंकले साउनको ब्याजमा राहत स्वरुप ०.२५ प्रतिशत ब्याज छुट दिएको हो ।

यस्तो छुट खराब कर्जाका ऋणीले भने प्राप्त गर्ने छैनन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नबिल बैंकबाट ऋण लिएका व्यक्ति र संस्थागत ग्राहरूले भोग्नुपरेको कठिनाइलाई ध्यानमा राख्दै सबै ऋणीलाई ब्याज दरमा ०.२५ प्रतिशत छुट दिएको बताए । ‘कुनै व्यक्तिको अटो वा होम लोन छ वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा पाउनेछ तर खराब ऋणीको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणीले यो सुविधा पाउँदैनन्,’ उनले भने ।

नबिल बैंकले हालै मात्र सरकारको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ६ करोड हस्तान्तरण गरेको छ । साथै कम्पनीले दीर्घकालीन योजनाअन्तर्गत सातै प्रदेशमा नबिल सरुवा रोग रोकथाम, नियन्त्रण तथा सहयोग केन्द्रका लागि अस्पताल निर्माण तथा उपचारमा सहयोग गर्ने योजनासमेत बनाएको छ ।

प्रकाशित समय १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु