गृहपृष्ठ कृषि विकास बैंक र इसेवा मनिट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता
कृषि विकास बैंक र इसेवा मनिट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता
कृषि विकास बैक र इसेवा मनिट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा कृषि विकास बैकका उपमहाप्रवन्धक यज्ञप्रकाश न्यौपाने र इसेवा मनिट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले हस्ताक्षर गरे ।
अब इसेवा मनिट्रान्सफरमार्फत विदेशबाट नेपाल पठाएको रकम कृषि विकास बैंकका नेपालभर रहेका कुनै पनि शाखाबाट सहज रुपमा भुक्तानी लिन सकिने छ । सम्झौतापत्रपश्चात कृषि विकास बैकका उपमहाप्रवन्धक न्यौपानेले बैंक र इसेवाबीच पहिलेदेखि नै विभिन्न माध्यमबाट सहकार्य भइरहेकोमा अब रेमिट्यान्स् कारोबारमार्फत पनि सहकार्य अगाडि बढ्न लागेकोमा खुशी लागेको बताए । उनले विषम परिस्थितिमा पनि रेमिट्यान्स् कार्यक्रमलाई अगाडि बढाएकोमा इसेवा मनिट्रान्सफर र बैकको डिजिटल बैकिङ विभागका टिमलाई धन्यवाद दिए ।
सम्झौता कार्यक्रममा इसेवा मनिट्रान्सफरका प्रबन्ध निर्देशक कोइरालाले कृषि विकास बैंकजस्तो व्यापक सञ्जाल भएको बैंकसँग विप्रेषण कारोवारको लागि सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।
कार्यक्रममा बैकका डिजिटल बैकिङ विभाग प्रमुख वाशुु अधिकारीले स्वागत मन्तव्य राख्दै कृषि विकास बैक पनि डिजिटल माध्यमबाट ग्रामीण क्षेत्रमा आफ्नो पहुँच विस्तार गर्न अगाडि बढिरहेको र यसै क्रममा इसेवा मनिट्रान्सफरसँग विष्रेषण सम्झौता भएको बताए । कार्यक्रममा बैकका डिजिटल बैकिङ विभागका कृष्णप्रसाद नेपाल, शान्तिप्रसाद रिजाल र इसेवा मनिट्रान्सफरका अविनाश थापा लगायतको उपस्थिति थियो ।
प्रकाशित समय १८:०० बजे

















