गृहपृष्ठ नेपाल बंगलादेश बैंकको खाता अनलाइनबाटै कनेक्ट आइपीएसमा जोड्न सकिने
नेपाल बंगलादेश बैंकको खाता अनलाइनबाटै कनेक्ट आइपीएसमा जोड्न सकिने
नेपाल बंगलादेश बैंकको खाता अनलाइनबाटै कनेक्ट आइपीएसमा जोड्न सकिने भएको छ । बैंकले खातालाई कनेक्ट आइपीएसमा लिंक गरी भेरिफाई गराउने सम्पूर्ण प्रक्रियालाई अनलाइनबाटै गर्न सकिने व्यवस्थाको थालनी गरेको हो ।
बैंकका ग्राहकले अनलाइनबाटै कनेक्ट आइपीएसमा खाता भेरिफाई गराउन सक्नेछन् । यससँगै बैंकको शाखामै पुगेर फाराम बुझाएर भेरिफाई गराउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
ग्राहकले कनेक्ट आइपीएसमा खाता लिंक गरिसकेपछि सेल्फ भेरिफाई अकाउन्टमा क्लिक गरी खाता भेरिफाई गराउन सक्ने बैंकले जनाएको छ । यो प्रक्रियामा ग्राहकको विवरण वान टाइम पासवर्ड (वोटिपी) र माइक्रो डिपोजिट्सको आधारमा सुरक्षित रुपमा अनलाइन भरिफिकेसन हुने व्यवस्था मिलाइएको छ ।
प्रकाशित समय ११:४० बजे

















