गृहपृष्ठ नेपाल बंगलादेश बैंकले हस्तान्तरण गर्यो सवा करोडको औषधि
नेपाल बंगलादेश बैंकले हस्तान्तरण गर्यो सवा करोडको औषधि
नेपाल बंगलादेश बैंकले दुई करोड २५ लाख रुपैयाँबराबरको ५ हजार थान औषधि हस्तान्तरण गरेको छ । बैंकले कोभिड‑१९ को उपचारमा प्रयोग हुने औषधि नेपालमा अभाव भइरहेको बेला सहयोग गरेको हो ।
बैंकको संयुक्त लगानीको बैंक आईएफआईसी बैंक, बंगलादेश तथा औषधि उत्पादक बेक्सिमको फर्मास्युटिकल बंगलादेशको संयुक्त पहलमा ती औषधि सहयोग गरिएको हो ।
देशमा आइपरेको विषम परिस्थिति र तत्पश्चात् कोभिड १९ को जीवन रक्षक मानिएको औषधि रेन्डिसिभिर पाँच हजार थान बिहीबार ढाकास्थित नेपाली राजदूत डा. बंशिधर मिश्रालाई हस्तान्तरण गरिएको छ । औषधि एक–दुई दिनभित्रै नेपाल आइसक्ने बैंकले जनाएको छ ।
नेपाल बंगलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि सरकारको कोभिड १९ कोषमा एक करोड ४५ लाख रूपैयाँ प्रदान गरिसकेको छ ।
प्रकाशित समय २१:०४ बजे

















