गृहपृष्ठ एभरेष्ट बैंकका ग्राहकलाई कोरोना परीक्षणमा १० प्रतिशत छुट

एभरेष्ट बैंकका ग्राहकलाई कोरोना परीक्षणमा १० प्रतिशत छुट

एभरेष्ट बैंकले कोरोन् परीक्षणका लागि कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीसँग सहकार्य गरेको छ । कोभिड-१९ को कठिन समयमा ग्राहकको सहजताका लागि एभरेष्ट बैंकले पीसीआर परीक्षणमा छुटको व्यवस्था गरेको हो ।

एभरेष्ट बैंकको डेबिट‑क्रेडिट कार्ड होल्डर ग्राहकले सेन्ट्रल डायग्नोस्टिकबाट पीसीआर परीक्षण गर्दा सरकारी दरअनुसार लाग्ने ५ हजार ५ सय रुपैयाँमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । नगद करोबारमा पनि कोभिड-१९ को जोखिम भएको हुँदा, ग्राहकले ईबीएल मोबाइल बैँकिङ एप-ईबीएल टच २४ प्रयोग गरेर पनि कोभिड-१९ परीक्षण शुल्क भुक्तानी गर्न सक्नेछन् ।

बैंक र सेन्ट्रल डायग्नोस्टिकबीचको सहकार्य बैंकका नायब महाप्रबन्धक डा. सन्धीर कुमार र सेन्ट्रल डायग्नोस्टिकका कार्यकारी निर्देशक मनिष पोखरेलको उपस्थितिमा भएको हो ।

प्रकाशित समय २१:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु