गृहपृष्ठ रमण नेपाल लक्ष्मी बैंकको अध्यक्षमा नियुक्त, अनलाइनबाट सपथ

रमण नेपाल लक्ष्मी बैंकको अध्यक्षमा नियुक्त, अनलाइनबाट सपथ

लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । भदौ १७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले नेपाललाई अध्यक्ष नियुक्त गरेको हो ।

उनले बुधबारदेखि नै लागू हुने गरी जिम्मेवार सम्हालेका छन् । नेपालले राष्ट्र बैंकका गभर्नरसँग अनलाइनबाट सपथग्रहण लिएका छन् । नेपाल २०७५ फागुनदेखि  सोही बैंकको सञ्चालक समिति सदस्य रहेका थिए ।

हाल नेपाल नागरिक लगानी कोषको कार्यकारी निर्देशक छन् । लक्ष्मी बैंकको प्रवर्धक सेयरधनी नागरिक लगानी कोष हो । लक्ष्मी बैंकमा कोषको करिब १५ प्रतिशत सेयर लगानी छ ।

मोरङको बूढीगंगा गाउँपालिका स्थायी घर भएका नेपालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा एमफिलसम्मको अध्ययन गरेका छन् । नेपालले राष्ट्र बैंकमा ३० वर्षे सेवापछि निर्देशक पदबाट अवकाश पाएका थिए ।

प्रकाशित समय १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु